Rule 114
नोकरी अवधि गणना गरिने
निवृत्तभरणको प्रयोजनको लागि नोकरी अवधि गणना सम्बन्धमा देहाय बमोजिम गरिनेछ ः-
(क) राष्ट्रिय शिक्षा पद्धति योजना २०२८ लागू हुनुभन्दा अघिदेखि शिक्षण पेशामा रहेको शिक्षकको हकमा सो योजना लागू हुनुभन्दा अघि अनुमति प्राप्त विद्यालयमा स्थायी नियुक्ति भई अविछिन्न रुपमा काम गरी विद्यालय शिक्षा सेवामा प्रवेश गरेको भए राष्ट्रिय शिक्षा पद्धतिको योजना लागू हुनुभन्दा अघिदेखि गरेको स्थायी नोकरीको अवधि समेत गणना गरिनेछ ।
(ख) सरकारी शिक्षक पदमा स्थायी नियुक्ति लिई बीचमा नोकरी अवधि टुट्न गई विद्यालय शिक्षा सेवामा प्रवेश गरेको शिक्षकको हकमा त्यस्तो सरकारी शिक्षक पदमा रही नोकरी गरेको अवधि समेत गणना गरिनेछ ।
(ग) राष्ट्रिय शिक्षा पद्धति योजना लागू भएपछि शिक्षण पेशामा प्रवेश गर्ने शिक्षकको हकमा विद्यालयमा स्थायी नियुक्ति लिर्ई अविछिन्न नोकरी गरेको जम्मा अवधिको गणना गरिनेछ ।
(घ) खण्ड (क), (ख) र (ग) मा जुनसुकै कुरा लेखिएको भए तापनि असाधारण विदामा बसेको वा वेतलवी विदामा वसेको वा बिदा वा काज स्वीकृत नगराई विद्यालयमा अनुपस्थित रहेको अवधि नोकरी अवधिमा गणना गरिने छैन ।
(ङ) स्थायी नोकरी अवधि गणना गर्दा स्थायी सेवा अवधि बीचमा टुटेको भए सो टुटेको अवधि कटाइनेछ ।
(च) एकपटक निवृत्तभरण पाउने गरी अवकाश भएको व्यक्ति पुन शिक्षक पदमा नियुक्ति भएमा निजले चाहेमा अघिल्लो सेवा अवधि गणना गरिनेछ ।